Rule 42
रोक्का फुकुवा सम्पत्ति वा साधन फिर्ता गर्ने
(१) अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिको सम्पत्ति, खाता, राहदानी वा निजको तर्फबाट दिइएको जेथाजमानी रोक्का राखेकोमा त्यस्तो व्यक्ति उपर मुद्दा नचलाउने निर्णय भएमा विभागको प्रमुखले निर्णय भएको सात दिनभित्र
त्यस्तो रोक्का फुकुवा गरिदिनु पर्नेछ ।
(२) ऐन बमोजिम दायर भएको मुद्दामा अभियुक्तले अदालतबाट सफाई पाएमा र त्यस्तो सफाइ उपर पुनरावेदन नगर्ने निर्णय भएमा त्यस्तो व्यक्तिको रोक्का राखिएको खाता, राहदानी, सम्पत्ति, कारोबार पुनरावेदन गर्ने म्याद समाप्त भएको मितिले सात दिनभित्र फुकुवा गरिदिनु पर्नेछ ।